पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ
छोरी फरार
पाेखरा | साउन १९, २०८०
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यौन शोषणको आरोपमा ३७ वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित रोशन खाजा घरकी सञ्चालिका पार्वती काराखेती रहेकी छिन् भने उनको छोरी फरार छिन् ।
उनलाई बैदाम प्रहरीको टोलीले हिजो (बिहीबार) पक्राउ गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा शुक्रबारनै दिउँसो १ बजे उक्त खाजाघरबाट पोखरा ८ का जनप्रतिनिधि, शुभ अवसर ग्राम नामक संस्थाको सहकार्यमा एक १८ वर्षीया युवतीसहित नाबालिगलाई उद्धार गरिएको थियो ।
त्यसपछि अनुसन्धानको क्रममा ति खाजाघर सञ्चालिका पार्वती र उनकी छोरीले नाबालिग र युवतीहरुलाई कामदारको रुपमा राखी जबरजस्ती (इच्छाविपरीत) यौन व्यवसायमा संलग्न गराई यौन शोषण गरेको खुलेपछि सञ्चालिकालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
‘नाबालिगलाई काममा राखेर यौन व्यवासयमा लगाउने सूचना आएपछि फलो गरेका थियौ, एउटा नानीलाई उद्धार गरेपछि खाजाघर चलाउने सञ्चालिकालाई नियन्त्रणमा लिएका छौ, ति प्रहरी अधिकृतले भने ।
बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

